मुलुकी संहिताको कमजोरी सच्याउन सरकार प्रतिवद्ध

0
303
KP-Sharma-Oli_namunanews.com

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकी संहितामा देखिएका कमजोरी सच्चयाउन सरकार तयार रहेको बताएका छन । प्रधानमन्त्री अोलीले कांग्रेसलार्इ आफ्नो नेतृत्वमा कानून बनेकोमा गर्व गर्ने र त्रुटिपूर्ण रहेको भन्दै सरकारलाई आरोप लगाउने काम गरेको अारोप पनि लगाए । मंगलबार संसद बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री अोलीले संहितामा देखिएका कमजोरी सच्चयाउन सरकार प्रतिवद्ध रहेको बताए ।

उनले संहिताको विषयलार्इ लिएर सरकारको आलोचना गर्नु ‘पोहोर मरिन सासू, अहिले आयो आँसु’ भने उखान जस्तै भएको बताए । उनले अघिल्लो वर्ष नै संसदले पास गरेर राष्ट्रपतिबाट प्रमाणित भएको कानूनलाई लिएर सरकारको ओलाचना गर्ने कार्यप्रतिको असहमति जनाए ।