मृगलाई हानेको गोली लागेर एकजना युवकको मृत्यु, को हुन त मृतक ब्यक्ति ?

0
432
fired_namunanews.com

संखुवासभा,भदौ ४ – संखुवासभामा शिकारीले मृगलाई हानेको गोली लागेर एकजना युवकको ज्यान गएको छ ।आइतबार राति शिकार खेल्न गएका २१ वर्षीय रत्नबहादुर तामाङले मृगलाई प्रहार गरेको गोली लागेर मादी नगरपालिका-८ मावादिनका २५ वर्षीय हस्तबहादुर तामाङको मृत्यु भएको हो । उनि रत्नबहादुरका आफ्नै दाइ हुन् ।

घटनापछि रत्नबहादुर र कृष्णबहादुर दुर्इ थान भरुवा बन्दुक, ५० ग्राम बारुद, गोलीको रुपमा प्रयोग हुने किटको १० वटा टुक्रा, २ थान खुकुरी र एकथान टर्चलाइटसहित प्रहरी चौकी मादीरामबेनीमा सम्पर्कमा आएको प्रहरीको भनाइ छ । घटनास्थलबाट समेत १ थान भरुवा बन्दुक बरामद गरी प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

मृतक हस्तबहादुर, उनका भाइ रत्नबहादुर र सोही ठाउँका २२ वर्षीय कृष्णबहादुर तामाङ फाबिङको सिरान रक्टे जंगलमा आइतबार राति शिकार खेल्न गएका थिए ।रत्नबहादुरले मृगलार्इ चलाएको गोली हस्तबहादुरको निधारमुनी लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।