मेस्सी चम्किए,अर्जेन्टिना अन्तिम १६ मा

0
275
www.namunanews.com

सोमबार राति भएको समूह डीको अन्तिम खेलमा क्रोएसियाले आइसल्याण्डलाई २–१ ले हराउँदा अर्जेन्टिनाले नाइजेरियालाई पनि २–१ कै अन्तरमा पाखा लगाएको छ । यो जितसँगै अर्जेन्टिना समूह उपविजेताका रुपमा अन्तिम १६ मा पुगेको छ ।

खेलमा अर्जेन्टिनाले अग्रता पनि १४ औं मिनेटमा नै लिओनल मेस्सीको उत्कृष्ट गोलबाट लिएको थियो । तर, दोस्रो हाफको सुरुमा नै पेनाल्टीमार्फत गोल खायो ।
www.namunanews.com

जाभियर मासेरानोको डि बक्स एरियामा विपक्षी खेलाडीलार्इ फउल गरेपछि दिइएको पेनाल्टीमा नाइजेरियाका भिक्टर मोएजले सहजै गोलमा परिणत गरेका थिय।

खेल १-१ को बराबरीतर्फ उन्मुख भएका बेला रोजोले ८६ औं मिनेटमा उत्कृष्ट भली गोल गरेका थिए । उनले गाब्यिल मेर्सेडोको पासमा गोल गरेका हुन् ।
आइल्याण्डलाई हराउने क्रममा २ गोल गरेका अहमद मुसाको पनि अर्जेन्टिना बिरुद्ध केहि लागेन ।