मौसम परिवर्तनको बेलामा फैलिरहेको भाइरल ज्वरोबाट कसरी बच्ने !!

0
210
Meno_namunanews.com

वरिष्ठ सरुवा रोग विशेषज्ञ डाक्टर राकेश यादवका अनुसार भाइरल ज्वरो भनेको मौसम परिवर्तन हुने क्रममा विभिन्न किसिमका किटाणुहरु सक्रिय हुने हुनाले त्यसै सक्रिय किटाणुहरु मार्फत भाइरल बिरामी धेरै भेटिन्छन यसैलाई भाइरल ज्वरो भनिन्छ |
यसका लक्षणहरु यस्प्रकार छन ः घाँटी दुख्ने ,चिलाउने ,शरीर दुख्ने ,ज्वरो आउने ,स्वासप्रस्वासमा गाह्रो पर्ने ,अत्याधिक टाउको दुख्ने ,घटबढ भइ ज्वरो आइरहने , शरीर जोर्नीहरू दुख्ने , थकानको महसुस हुने, खोकी लाग्ने , नाकबाट पानी बग्ने ,शरीरमा आलस्यता को वृद्धि हुने जस्ता देखा पर्नु भनेको भाइरल ज्वरोका लक्षण भित्र पर्दछन् |

यसबाट बच्नको लागि धेरै भिडभाडमा हिँडडुल नगर्ने ,आफू बस्ने ठाउँमा कसैलाई यो संक्रमण भएको छ भने बिरामीसँग लसपस नगर्ने ,संक्रमण भएको क्षेत्रमा नजाने, बिरामीले प्रयोग गरेका सामान आफु पनि प्रयोग नगर्ने र अरुलाई पनि प्रयोग गर्न नलगाउने , बाहिरबाट घर प्रवेश गर्दा अनिवार्यरुपमा साबुन पानीले हात गोडा धुने आनि मात्र घरका सामग्रिहरु समत्ने , माक्सको प्रयोग गर्ने , बिरामीसँग दूरी कायम गर्ने, पोषिलो खानेकुरा हरु खाने तथा शरीरलाई आराम दिने गर्नुपर्दछ ।फल्स्वोरुप शरीरमा रोगसँग लड्ने क्षमताको वृद्धि हुन्छ तथा मौसम परिवर्तनका कारण लाग्नसक्ने भाइरल ज्वरोबाट बच्न सकिन्छ ।