यति एयरलाइन्सको विमान ठूलो दुर्घटनाबाट जोगियो , आकस्मिक भरतपुर विमास्थलमा अवतरण

0
165
aeroplane safe land_namunanews.com

चितवन,जेठ १३ – यति एयरलाइन्सको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । २२ जना यात्रु बोकेर भरतपुरबाट काठमाडौंका लागि उडेको नाइन एन एआइएस कल साइनको जहाजमा चरा ठोक्किएपछि भरतपुर विमास्थलमा आकस्मिक अवतरण गरिएको छ ।

यति एयरको जेट स्टिम विमानमा अपरान्ह ४ बजेर १० मिनेट चरा ठोक्किएपछि आकस्मिक अवतरण गरिएको विमानस्थलले जनाएको छ । उडेको केही क्षणमा नै जहाजमा भरतपुर रिजालचोकमाथि पुग्दा भगेरो चरा इन्जिनमै पसेपछि आकस्मिक अवतरण गरिएको जनाईएको छ ।