रकेट प्रक्षेपण गर्ने स्थानको पुनर्निर्माण

0
353

उत्तर कोरियाले नष्ट पार्ने प्रतिबद्धता जनाएको एउटा क्षेप्यास्त्र प्रक्षेपणस्थललाई पुनर्स्थापित गर्न लागेको जानकरि प्राप्त भयको छ।
उत्तर कोरियाली र अमेरिकी नेताहरूबीचको वार्ता निरस्त्रीकरणबारे कुनै सहमतिमा नपुगी टुङ्गिएको छ ।
उत्तर कोरियाले डोङ्चाङ-नी प्रक्षेपणस्थलबाट भू-उपग्रह तथा इन्जिनको परीक्षण गर्दै आएको भए पनि बलिस्टिक क्षेप्यास्त्र प्रक्षेपणका लागि त्यसको कहिल्यै प्रयोग गरेको थिएन।सो प्रक्षेपणस्थललाई नष्ट पार्ने कार्य गत वर्ष थालिएको थियो। तर संयुक्त राज्य अमेरिकासँगको वार्ता अवरुद्ध भएपछि त्यो काम रोकियो।त्यसलाई नष्ट पार्ने उत्तर कोरियाको प्रतिबद्धतालाई प्योङ्याङ र वाशिङ्टनबीच विश्वासको वातावरण बनाउने कदमका रूपमा हेरिएको थियो। यसैबीच अमेरिकाले निरस्त्रीकरणका लागि प्योङ्याङले कदमहरू नचाले उसले थप प्रतिबन्धहरूको सामना गर्नुपर्ने चेतावनी दिएको छ।गत जुनमा सिङ्गापुरमा सम्पन्न ऐतिहासिक भेटमा उनीहरूबीच अस्पष्टताले भरिएका सहमतिहरू भएका थिए।
केही प्रतिबन्ध खुकुलो पार्ने सुनिश्चितता गर्नुअघि निरस्त्रीकरणको दिशामा उत्तर कोरियाले कतिसम्म प्रगति गर्नुपर्छ भन्ने विषयमा सहमति गर्न दुई नेता विफल भएका थिए।
मङ्गलवार एउटा टेलिभिजन अन्तर्वार्तामा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जन बोल्टनले उत्तर कोरियाले थप प्रतिबन्धको सामना गर्नुपर्ने हुन सक्ने बताए।