रसियालाई हराउँदै उरूग्वे

0
218

विश्वकप फुटबल आयोजक रसियालाई हराउँदै उरुग्वे समूह विजेता बनेको छ । सोमबार भएको खेलमा रसियालाई ३-० ले हराउँदै उरुग्वे समूह एको विजेता बन्न सफल भएको हो ।दुबै टिम यो खेल अघि नै नकआउट चरणमा पुगिसकेका थिए ।

खेलमा उरुग्वेले १० औं मिनेटमा लुइस स्वरेजको गोलबाट अग्रता लिएको थियो । २३ औं डेनिस चेरसेवले आत्मघाती गोल गरेपछि उसको अग्रता दोब्बर भयो ।

३६ औं मिनेटमा घरेलु टोलीलाई अर्को झड्का लाग्यो । उसका डिफेन्डर इगर मोलनिकोवले दोस्रो पहेँलो कार्डसँगै रातो कार्ड पाए । उनी दक्षिण अफि्रकाका कुन पछि रातो कार्ड पाउने विश्वकप आयोजक देशका खेलाडी बनेका छन् ।

दोस्रो हाफमा रुसले केही सम्हालिएर प्रदर्शन गरेपनि गोल गर्ने केही अवसर खेर फाल्यो । निर्धारित समयको अन्तिम मिनेटमा काभानीले गोल गर्दै उरुग्वेलाई ३-० को जित दिलाएका छन् ।

समूह चरणको तीन वटै खेल जितेको उसको ९ अंक भएको छ भने रसियाको ६ अंक छ । समूह चरणबाटै बाहिरिएका साउदी अरेबियाले अन्तिम खेलमा इजिप्टलाई २-१ ले हराएको छ ।