रसुवाको टिमुरेमा भीषण पहिरोमा परि चारको मृत्यू, पाँच बेपत्ता

0
289
flooding in rasuwa_namunanews.com

रसुवा, साउन १०- रसुवाको टिमुरेमा राति एक बजेतिर आएको पहिरोमा पुरिएर चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चारै जना कन्टेनर चालक रहेका छन् । सिन्धुपाल्चोक भोटेकोशी– ५ का ४२ वर्षीय श्याम श्रेष्ठ, ४५ वर्षीय मंगल तामाङ, २७ वर्षीय विक्रम श्रेष्ठ, भोटेकोशी–४ का ३७ वर्षीय रेमश खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा परि हराइरहेको पाँच जना अझै सम्पर्कमा आएका छैनन । पहिरोमा हराइरहेकाको खोजी कार्य भैरहेको छ । उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएको तर पानी परिरहेको र पहिरोका कारण उद्धारमा समस्या भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

रातिको उक्त पहिरोले प्रहरी चौकी समेत बगाएको बताइएको छ । पहिरोले अन्य क्षति समेत पुर्याएको छ । केही घरहरु पुरिएका छन् । सीमाना नजिकै पहिरो आएकाले पाँचवटा ट्रक, कन्टेनरसमेत पुरिएको प्रहरी प्रमुख तामाङले बताए । पहिरोबाट १२ जनाको उद्वार गरिएको छ।