रसुवामा तरुण प्रशिक्षण सम्पन्

0
1053
new_namunanews.com

नेपाल तरुण दल रसुवाको आयोजनामा रसुवाको धुन्चेमा यकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । तरुण दल रसुवाको अध्यक्ष दिल बहादुर मोक्तानको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको प्रमुख अतिथि सह महामन्त्री डा. प्रकाश शरण महत रहेका थिय । उक्त प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महत ले भन्नु भयो आन्तरिक गुट्बन्धी नै काङ्ग्रेस पार्टीको पराजितको कारक तत्व रहेको उहाँले बताउनु भएको छ । साथै अब पार्टी भित्र कुनै पनि गुट्बन्धी नरहने उहाँले बताउनु भयो ।

साथै गठबंधनले गरेको जस्तै आन्तरिक प्रचार शैली नभएको कारणले गर्दा पनि पार्टी पराजित हुनुपरेको उहाँले बताउनु भयो ।
नेपाली काङ्ग्रेसको बाक्लो उपस्थिती रहेको उक्त कार्यक्रममा डा. प्रकाश शरण महतलाई सह महामन्त्री भएको बधाई दिदै पार्टी भित्र भोलीका दिनमा पार्टीमा हुदै आएको गुट्बन्धी अन्त्य गरेर समान रुपले साथ लियर नेतृत्वमा अगाडि बड्नु पर्ने सुझाव दिनु भयो ।