रहेनन् नेकपाका नेता अधिकारी

0
303

पूर्वउपप्रधानमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको शनिबार राति ९ बजेर ३५ मिनेट्मा निधन भएको छ ।अधिकारीको निधन निमोनिया कारण ८३ बर्षको उमेरमा भएको हो । ह्याम्स अस्पतालमा गत दुई सातादेख राखिएका अधिकारीको शनिबार राति निधन भएको चिकित्सकले घोषणा गरेका हुन् । अधिकारीका स्वकीय सचिव महेश विष्टले शुक्रबार नै नेता नेकपा नेता कृष्णगोपाल श्रेष्ठले नेता अधिकारीकाे शव अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय धुम्बाराहीमा आज बिहान ९ देखि १२ बजेसम्म राखिने जानकारी गराएका छन् ।पूर्वअर्थमन्त्रीसमेत रहेका अधिकारीदर् अर्थशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका थिए।अधिकारीका तीन छोरी छन्।

२००८ सालदेखि राजनीतिमा संलग्न अधिकारीले ४ वर्ष भूमिगत, ३ वर्ष निर्वासन र ३ वर्ष बन्दी जीवन बिताएका थिए।
नेपालमा कम्युनिष्ट पार्टीको पहिलो निर्वाचित सरकार २०५१ मा अधिकारी अर्थमन्त्री बनेका थिए। मनमोहन अधिकारीको ९ महिने शासनकालमा उनले दुई पटक बजेट ल्याए। २०५१ पुस ११ पहिलो बजेट ल्याउँदै ‘आफ्नो गाउँ आफैं बनाऔँ’ भन्ने कार्यक्रम ल्याए। २०५२ असार असार २७ गते अर्को बजेट ल्याए। उक्त बजेटमा जेष्ठ नागरिकलाई भत्ता कार्यक्रम ल्याए। स्थानीय निकायलाई सोझै अनुदानको व्यवस्था उनको पालामा भएको हो। २०५६ ,२०६१ मा पनि अधिकारी अर्थमन्त्री भए। २०६७ सालमा उनी उपप्रधान तथा अर्थमन्त्री बने। भौतिक पूर्वाधार तथा यातायातमन्त्री २०५३ मा पनि भए।

१९९३ साल वैशाख २२ गते जन्मिएका अधिकारी २०६४ सालअघि मोरङको निर्वाचन क्षेत्र नम्बर २ बाट उनी दुई पटक निर्वाचित भएका थिए।
अधिकारी अचेत अवस्थामा पुगेको जानकारी गराएका थिए।