राउटे बस्तिमा हावाहुरीका कारण राहात को खाचो

0
351

जंगलमा फिरन्ते जीवन बिताउने र एकै स्थानमा बस्न मन नपराउने राउटे बस्तीमा राहात को खाचो भएको छ । त्रिपाल हावाहुरीले च्यातिएपछि उनीहरुलाई समस्या परेको छ । । ४७ घरका १ सय ५५ जना राउटे यतिबेला दैलेखको गुराास गाउपालिकामा बसोबास गरिरहेका छन् ।तीन महिनाभन्दा बढी एकै स्थानमा बस्न मन नपराउने राउटे समुदायमा आफूहरु जंगलका राजा भएको दाबी गर्छन् । हावाहुरीले उनिहरुले निर्माण गरेका घर टहराहरु भत्काइदिएको छ। छाक टार्न खाद्यान्न समेत नभएपछि समस्यामा परेको उनीहरु बताउछन् । राउटेहरुले काठका सामग्री बनाएर जीवन गुजार्दै आएका छन् । सरकारले उपलब्ध गराउादै आएको सामाजिक सुरक्षा भत्ताले भरणपोषण गर्न नपुग्ने राउटेहरु बताउाछन् । त्यसैले प्रदेश र स्थानीय सरकारले पनि आफूहरुको समस्या समाधान गर्न सहयोग गर्नुपर्ने भन्न्ए उनीहरुको भनाइ छ । उनीहरुले बनाएका काठका सामानले बजारमा पाइने प्लास्टिकका सामान र अन्य तयारी सामग्रीसाग प्रतिस्पर्धा गर्न नसक्दा बिक्न छाडेपछि रोजीरोटीको समेत समस्या परेको उनिहरुले बतायका छन् ।