Purnabahali.jpg_namunanews.com

राज संस्था पुनःस्थापना सहित हिन्दु राज्यको माग यहि मंसिर २८ गते आईतवार नुवाकोटमा वृहत प्रर्दशन हुने भएको छ ।

राजावादी बाहेक अन्य दलका कार्यकर्ताहरूले समेत खुलेरै सामाजिक सञ्जाल मार्फत उक्त प्रदर्शनमा सहभागी हुन समेत सबैलाई आग्रह गरेका छन् ।

देशमा भइरहेको लुटतन्त्र लगायतका अन्य अनैतिक क्रियाकलापको कारणले गर्दा देशमा आतकं मच्चिरहेको छ यसै कारणले गर्दा नेपालि जनताहरु अहिलेको शासन व्यवस्था भन्दा राजा आएकै राम्रो हुने देखिएको भन्दै प्रर्दशनमा उत्रने बिभिन्न ठाँउबाट तयारि गरिरहेका छन।

संयुत्त राष्ट्रबादी संघर्ष समितिको आयोजनामा विभिन्न ९ संघसंस्थाले राजसंस्था पुनःस्थापना सहित हिन्दु राज्यको माग गर्दै प्रर्दशनको तयारी थालेका हुन् । उनीहरूले ‘राजा आउ देश बचाउ, हिन्दु राज्य कायम गर’ लगायतका नारा लगाउने तयारी गरेका छन्।