रुकुममा गोलि र धारिलो हतियार प्रहार गरेर छोरा र श्रिमतिको हत्या

0
353
Death-body_namunanews.com

पश्चिम रूकुमको त्रिवेणि गाउँपालिका-१ बल्लेजुराका ४९ वर्षीय सत्तबहादुर बुढाले ४२ वर्षीया श्रीमती इन्द्रकला बुढा र ११ वर्षीय छोरा स्वयमप्रकाश बुढाको हत्या गरेको प्रहरीले जनाएको छ ।

सत्तबहादुर बुढाले आइतबार विहान साढे ७ बजेको समयमा बन्दुक र धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए । हत्यामा संलग्न सत्तबहादुरलाई पक्राउ गरिसकिएको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ ।

अनुसन्धानका क्रममा स्थानीयले भने सत्तबहादुर मानसिक रोगी भएको बताएका छन् । केही दिन अघि जंगलमा हराएका उनलाई ५ दिनपछि खोजेर घर ल्याइएको थियो । जंगलबाट घर ल्याइसकेपछि धामीझाँक्री गरेको र अस्पताल लैजानेसम्मको तयारी परिवारले गरेको आफूले सुनेको वडाध्यक्ष मोहनकिशोर ओलीले बताए ।