रोकियो शेयर बजारको पहिरो

0
141

पछिल्ला दिनमा लगातार जस्तो ओरालो लागेको शेयर बजारमा मंगलवार सुधार आएको छ । सोमबार झण्डै ५२ अंकले घटेको नेप्से मंगलबार ३९ दशमलव १६ अंकले बढेर १२ सय ८ बिन्दुको नजिकै पुगेको हो । नेप्से सोमबार घटेर ११ सय ६८ दशमलव ५५ अङ्कमा ओर्लिएको थियो । मंगलबार बजार खुले लगत्तै ओरालो लागेको नेप्से केहीबेरपछि बढ्न थालेको थियो ।

मंगलबार वाणिज्य बाहेकका सबै समूह बढेको दिन सबैभन्दा धेरै बीमा समूह झण्डै २ सय ९४ अंकले बढेको छ । त्यस्तै होटल समूह १ सय २६ भन्दा बढी, लघुवित्त समूह साढे ५६, जलविद्युत समूह झण्डै ६२ र बैकिङ समूह ३३ भन्दा धेरैले बढेको छ ।

समग्र बजार बढे पनि वाणिज्य समूह भने मंगलबार ३ अंकभन्दा धेरैले घटेको छ । ५० करोडभन्दा धेरैको कारोबार भएको दिन मंगलबार सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेनस कम्पनीको शेयर १० करोडभन्दा धेरैको किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । शेयर बजारमा आएको गिरावटको बिषयमा मंगलवार राष्ट्रिय सभामा पनि कुरा उठेको थियो ।