yubaraj-kgatiwada.namunanews.com

काठमाडौं, जेठ १५ -सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसद्‌मा मंगलबार बजेट प्रस्तुत गरे।
डा खतिवडाले आगामी वर्षका लागि १३ खर्ब १५ अर्ब १४ करोडको बजेट पेस गरेका हुन्। यो बजेट अघिल्लो आर्थिक वर्षको भन्दा ३७ अर्बले बढी हो। अघिल्लो आर्थिक वर्षमा कुल १२ अर्ब ७८ अर्बको बजेट प्रस्तुत गरिएको थियो।

जसमा चालुतर्फ ८ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख अर्थात् ६४.३ प्रतिशत र पूँजीगततर्फ ३ खर्ब १३ अर्ब ९९ करोड ८२ लाख अर्थात् २३.९ प्रतिशत वजेट विनियोजन गरिएको छ । त्यस्तै वित्तीय व्यवस्थातर्फ १ खर्ब ५५ अर्ब ७१ करोड ६० लाख अर्थात ११.८ प्रतिशत बजेट व्यवस्था गरिएको छ । बजेटका लागि राजस्वबाट ८ खर्ब ३१ अर्ब ३१ करोड ८० लाख र वैदेशिक अनुदानबाट ५८ अर्ब ८१ करोड ५५ लाख रुपैयाँ जुटाइने अर्थमन्त्रीले उलेख गरेका छन् । त्यस्तै वैदेशिक ऋणबाट २ खर्ब ५३ अर्ब २ करोड ८२ लाख र आन्तरिक ऋणबाट १ खर्ब ७२ अर्ब रुपैयाँ जुटाइने उनले बताएका छन् ।

आर्थिक बजेट बिबरणको लागी तलको LINK CLICK गर्नुहोला

आर्थिक बजेट बिबरण