रोनाडोको गोलले मोरक्को समुह ” बि ” बाट बाहिरियो

0
229
namunanews.com

मंगलबार भएको खेलमा पोर्चुगलले मोरक्कोलाई १-० ले पराजित गरेको हो । पहिलो खेलमा स्पेनविरुद्ध हृयाट्रिक गरेका स्टार खेलाडी क्रिष्टियोनो रोनाल्डो नै मोरक्कोविरुद्ध पनि गोल गोल गर्न सफल भय ।पोर्चुगलसँग हारेसँगै मोरक्को विश्वकपको समूह चरणबाटै बाहिरिएको छ ।

रोनल्डोले खेलको चौथो मिनेटमा गोल गरेका हुन् । अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा पनि रोनाल्डो दोस्रो नम्बरमा पुग्न सफल भयका छन्।रोनाल्डोले पोर्चुगलका लागि आहिले सम्म ८५ गोल गरेका छन् । उनीभन्दा अघि इरानका अलि डाईले १ सय ९ गोल गरेका छन् ।

खेललाई आफुले धेरै समय नियन्त्रणमा लिगेर पनि मोरक्कोले गोल भने गर्न सकेन । खेलमा ५५ प्रतिशत समय मोरक्कोले बलमा नियन्त्रण बनाएको थियो । मोरक्कोले प्रहार गरेका १३ सटमा ४ सट पोस्टको दिशा तर्फ थियो । पोर्चुगलले प्रहार गरेका आठ सटमा तीन सट पोस्टको दिशा तर्फ थियो ।

इरानसँग भएको पहिलो खेलमा पनि मोरक्कोले बलमा ६८ प्रतिशत समय नियन्त्रण राखेर हार भोगेको थियो । राम्रो अवसर बनाउने र खेलमा नियन्त्रण गर्ने गरे पनि मोरक्कोको फिनिसिङमा भने कमजोरी साबित भयो ।

पोर्चुगलसँगको हारसँगै समूह ‘बी’मा रहेको मोरक्को बाहिरिएको छ । उसले अब अन्तिम खेलमा स्पेनसँग खेल्नेछ ।