रौतहटमा डुङ्गा दुर्घटनामा परेर दुई महिलाको मॄत्यु

0
314
boat accident_namunanews.com

डुङ्गा दुर्घटनामा परेका यात्रुमध्ये दुई महिलाको शव फेला परेको छ । तीनजना अझै वेपत्ता छन् । गौर नगरपालिका–४ टिकुलियाघाटस्थित लालबकैया नदीमा शनिबार साँझ डुङ्गा दुर्घटना भएको थियो । इशानाथ नगरपालिका– ३ रुनाकुर्मी पटेल र गौर नगरपालिका– ४ की शान्तिदेवी साहको शव घटना स्थलबाट करिव १० किमि टाढा भारतको जमुआ घाटमा फेला परेको प्रहरी उपरीक्षक केदार ढकालले जानकारी दिनुभयो । दुर्घटनामा परेकामध्ये २१ जनाको उद्धार गरिएको छ ।

डुङ्गा डुबेपछि ओमप्रकाश चन्द्रवंशी, इन्दुदेवी पटेल र उष्मा पटेल बेपत्ता रहेको प्रहरीले जनाएको छ । ओमप्रकाश डुङ्गाका सहचालक हुन् । इशानाथ नगरपालिकाको औरहियाबाट गौरतर्फ आउँदै गरेको डुङ्गा बकैया नदीमा पल्टेको थियो । पुल निर्माणका लागि बनाइएको पिल्लरमा ठोक्किएपछि ढुङ्गा दुर्घटना भएको हो । बेपत्ताको नेपाल प्रहरी, नेपाली सेना, भारतीय सुरक्षाकर्मी तथा स्थानीयवासीले खोजी गरिरहेका छन् । दुर्घटनामा अरु ३ जना अझै बेपत्ता रहेको रहेको र उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।