लगातार बढेको सुनको मूल्य कति छ आज ?

0
177

नेपाली बजारमा लगातार बढेको सुनको मूल्य दुई दिनदेखि स्थिर रहेको छ । साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला ५७ हजार ८ सय कायम भएको छ । शुक्रबार पनि यहि मूल्यमा सुनको कारोबार भएको थियो ।

लगातार बढेको सुनको मूल्य गत मंगलबारदेखि घट्न थालेको थियो । तेजावी सुन भने प्रतितोला ५७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य भने प्रतितोला ७४० रुपैयाँ कायम भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।