ललितपुरमा १६ वर्षीया किशोरी बलात्कारको आरोपमा युवक पक्राउ

0
195
pakrau_namunanews.com

ललितपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एकजना युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका-८ लुभु टाउन प्लानिङ बस्ने २१ वर्षीय श्रीकृष्ण श्रेष्ठ रहेका छन्। श्रीकृष्णले ती किशोरीलाई ललाई फकाई पटकपटक जबरजस्ती करणी गर्दै आएको उजुरीको आधारमा महानगरीय प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले उनलाई बुधबार दिउँसो पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।