liverpool_namunanews.com

काठमाडौं, वैशाख १६— इंग्लिस प्रिमियर लिगको रेलिगेसन जोनमा संघर्षरत रहेको स्टोक सिटीले तेस्रो स्थानको लिभरपुललाई गोलरहित बराबरीमा रोकेको छ ।

घरेलु मैदान एनफिल्डमा भएको खेलमा दुवै पक्षबाट कुनै गोल हुन सकेन । अधिकांश समय खेल आफ्नो पकडमा पारे पनि लिभरपुल गोल गर्न असफल भयो। रेलिगेसनबाट बच्नका लागि भने उसले बाँकी दुई खेलमा जित निकाल्नु पर्नेछ भने स्वान्सी सिटी पराजित हुनुपर्नेछ ।

लिभरपुल स्टार मोहम्मद सालहले गोलका केही राम्रा मौका चुकाउँदै प्रिमियर लिगमा अर्को इतिहास बनाउनबाट चुकेका थिए। लिभरपुल यसअघि गत मंगलबार भएको च्याम्पियन्स लिगको पहिलो लेगको सेमिफाइनलमा रोमामाथि ५(२ को प्रभावशाली जित निकाल्न सफल भएको थियो। प्रिमियर लिगमा भने स्टोक सीटी र लिभरपुलले समान १२ खेलमा बराबरी ब्योहोरेका छन् । साथै लिभरपुलले घरेलु मैदानमा डिसेम्बरपछि पहिलो बराबरी खेलेको हो बराबरीसँगै लिभरपुलले एकअंक हासिल गरेको छ ।