तारा एयरको विमान रामेछापको मन्थली विमानस्थलमा रनवेबाट चिप्लिएको छ। सोमबार बिहान तारा एयरको ९-एन एकेके कल साइनको डोर्नियर विमान ल्यान्डिग गियर फेल भएपछि रनवेबाट चिप्लिएर बाहिर आएको हो ।काठमाडौंबाट लुक्काका लागि उडान भरेको विमान मौसम खराबीका कारण त्यहाँ अवतरण गर्न नसकेपछि रामेछापको मन्थली विमानस्थलमा फर्किएको थियो । विमानमा १४ जना यात्रु थिए । विमान ठूलो दुर्घटना हुनबाट बँचेको प्रहरीको भनाइ छ । राजधानी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माणकार्य भइरहेकाले विमानहरूले लुक्लाका लागि मन्थलीबाट उडान भर्दै आएका छन्। विमान रनवे बाहिर गएपछि भएपनि अहिले रामेछाप विमानस्थलको बन्द गरिएको छ । विमानलाई हटाइएपछि मात्र उडान सूचारु हुने बताइएको छ।यस अगाडि बैशाख १ गते लुक्लामा समिट एयरको जहाज दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो। सोलुखुम्बुको तेञ्जिङ हिलारी विमास्थलमा ९ एन-एएमएच कलसाइनको जहाज धावनमार्गबाट चिप्लिदा दुर्घटना भएको थियो ।लुक्लामा पर्यटक छाडेर रामेछाप फर्किने क्रममा धावन मार्गमै समिट एयर चिप्लिएको हो। उक्त जहाजले मनाङ एअरको हेलिकोप्टरलाई ठक्कर दिएको थियो।

1 COMMENT

Comments are closed.