विराट गोल्डकप प्रतियोगिता आजदेखि सुरु, पहिलो खेल मोरङ र थिम्पुबीच

0
179

विराट गोल्डकप फुटबल प्रतियोगिताको पाँचौ संस्करण शनिबारदेखि सुरु हुँदैछ । प्रतियोगिता विराटनगर स्थित शहीद मैदानमा आयोजना हुने छ ।उद्घाटन खेलमा अयोजक मोरङ -११ र थिम्पु फुटबल क्लब, भुटान भिड्दैछन् ।

प्रतियोगितामा नेपाल, भारत र भूटानका गरी १० वटा टिम सहभागी हुने आयोजक समितिले जानकारी दिएको छ ।

मनाङ मस्र्याङदी, सशस्त्र प्रहरी, थ्री स्टार, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, संकटा क्लब, झापा–११ र मोरङ–११ गरी आठ वटा फुटबल टिमले प्रतियोगितामा भाग लिएका छन् ।यस्तै नेपाल बाहिरका भूटानको थिम्पु फुटबल क्लब र भारतको मोहम्डन स्पोर्टिङ क्लब पनि सहभागी छन् ।

प्रतियोगिताको उद्घाटनको अवसरमा १२ वर्ष मुनिका ५० खेलाडीसँग राष्ट्रिय स्तरका खेलाडीले मनोरञ्जनात्मक खेल प्रदर्शन गर्नेछन् ।

प्रतियोगिताको विजेताले १२ लाख ७१ हजार र उप–विजेताले ५ लाख ५१ हजार राशिको नगद पुरस्कारसहित कप प्राप्त गर्ने छन् ।

आयोजकका अनुसार प्रत्येक दिनहुने खेलमा म्यान अफ द म्याच हुने खेलाडीलाई १० हजार नगद पुुरस्कारसहित सिल्ड तथा म्यान अफ द टुर्नामेन्ट हुने खेलाडीलाई मोटरसाइकलसहित पदक प्रदान गरिने छ ।

प्रशिक्षक, गोलकिपर, मिड फिल्डर, डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता, व्यवस्थापक र टिम मध्येका उत्कृष्ट सबैलाई २५-२५ हजार राशिको पुरस्कार प्रदान गरिने जनाइएको छ ।

प्रतियोगिता २६ गतेसम्म सञ्चालन हुने छ ।