विवेकशील साझाले तोक्योसबै विभागका संयोजक, कसको जिम्मेवारी के ?

0
130
bibeksheel_namunanews

विवेकशील साझा पार्टीले सबै विभागका संयोजक तोकेको छ । पार्टीको केन्द्रीय समिति बैठकले १२ विभाग गठन गरी संयोजक तोकेको प्रवक्ता डा. सूर्यराज आचार्यले बताए । बैठकले संगठन विभाग, नीति तथा प्रशिक्षण विभाग, विदेश मामिला विभागसहितका १२ विभाग गठन गरेको हो । प्रवक्ता डा. आचार्यलाई नीति तथा प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।

त्यस्तै, संगठन विभाग प्रमुखको जिम्मेवारी मुमाराम खनालले पाएका छन् । संसदीय मामिला विभाग प्रमुखमा पुकार बम, अभियान विभाग प्रमुखमा रन्जु न्यौपाने ‘दर्शना’ले जिम्मेवारी पाएकी छन् ।

सामाजिक न्याय तथा समावेशिता विभाग प्रमुखमा प्रकाशचन्द्र परियार, विदेश मामिला विभाग प्रमुखमा डा. दिनेश प्रसाईं, सञ्चार विभाग प्रमुखमा किरणकृष्ण श्रेष्ठ, उद्यमशीलता तथा रोजगार विभाग प्रमुखमा सुबुना बस्नेत तोकिएका छन् ।

यसैगरी, अनुसन्धान विभाग प्रमुखमा जीवन श्रेष्ठ, अर्थ विभाग प्रमुखमा आशुतोष तिवारी, कानुनी मामिला विभाग प्रमुखमा निरुपमा यादव र कार्यालय व्यवस्थापन विभाग प्रमुखमा मानवी पौडेलले जिम्मेवारी पाएका छन् । विभागमा सदस्यहरूको नियुक्तिका लागि आवश्यक गृहकार्य भइरहेको प्रवक्ता डा. आचार्यले बताए ।

विवेकशील साझाले तीन प्रदेशमा प्रमुख पनि तोकेको छ । प्रदेश ७ मा गोपी हमाल, प्रदेश ६ मा गेहेन्द्र दाहाल र प्रदेश ५ मा अनुपमान सैँजुलाई संयोजक तोकिएको छ । ‘बाँकीमा प्रदेशलाई सशक्त रूपमा हाँक्न सक्ने व्यक्ति खोजिरहेका छौँ, केही दिनमा नै टुंग्याउँछौँ,’ डा. आचार्यले भने ।, नयाँ पत्रिकामा खबर छ ।