विश्वकपको बाजी खेलाउने ३ जना काठमाडौंबाट पुलिसले हिराशतमा लियको छ !!

0
425
worlcup-bet_namunanews.com

२६ असार, काठमाडौं । विश्वकप फुटबलमा बाजी खेलाएको आरोपमा प्रहरीले काठमाडौंबाट ३ जनालाई हिराशतमा लियको छ ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले ४ लाखको बाजी लगाउँदै गरेको अवस्थामा उनीहरुलाई काठमाडौंको ज्याठाबाट पक्राउ गरेको महानगरीय प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मनाङ निसाङ गाउँपालिका–७ का ४२ वर्षीय मुखिया लामा, २४ वर्षीय सुवास गुरुङ र ३३ वर्षीय मुखिया गुरुङ छन् ।

उनीहरूमाथि सार्वजनिक अपराधको मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी प्रहरी वृत्त दरवारमार्गमा राखेर अनुसन्धान भइरहेको छ ।