विषादी परीक्षण प्रयोगशाला नहुँदा व्यवसायीहरु मारमा परेका छन्।

0
184
tarkari_namunanews.com

भन्सार नाकामा विषादी परीक्षण प्रयोगशाला नहुँदा करोडौंको तरकारीमा नोक्सानी व्यहोर्नु परेको व्यवसायीको गुनासो छ। सरकारले कुनै तयारी र जानकारी बिना नीति ल्याउँदा व्यवसायीले ठूलो नोक्सानी व्यहोर्न परेको फलफूल तथा तरकारी व्यवसायी महासङघका अध्यक्ष खोम प्रसाद घिमिरेले बताए।

विषादी परीक्षण पास नभएका तरकारी भारतबाट आयात गर्न नपाउने नीति बनाए पनि सरकारले उचित पूर्वाधार तयार गर्न नसक्दा व्यवसायीहरु भने मारमा परेका छन्।नाकाहरुमा विषादी परीक्षण गर्ने उपकरणहरु नहुँदा तरकारी रोकेर राख्नु परेको र अहिले विषादी परीक्षण गर्ने प्रयोगशाला सर्लाही र काठमाडौंमा मात्र छ। बुटवलमा भएको विषादी परिक्षण प्रयोगशाला विगत ८ महिनादेखि बन्द अवस्थामा छ। कर्मचारी समायोजन गर्दा त्यहाँका कर्मचारी सरूवा भई प्रयोगशाला वन्द हुन पुगेको हो।सरकारले विषादी परिक्षण गर्ने हो भने प्रत्येक भन्सार नाकामा प्रयोगशाला राख्नुपर्ने व्यवसायीको माग छ। सरकारले व्यवसायीलाई कुनै जानकारी नै नदिई नीति ल्याउँदा पाइपलाईनमा रहेका तरकारी सबै विग्रेर नष्ट गर्नु परको उनले गुनासो गरे।

मानव स्वास्थ्यालाई हानी गर्ने विषादी रोक्न खोज्नु सरकारको राम्रो काम हो। यसमा हाम्रो सहयोग हुन्छ’।तर कुनै तयारी र व्यवसायीलाई जानकारी नगराई नीति ल्याउँदा ठूलो नोक्सानी व्यहोर्नु परेको छ।’ ‘सर्वसाधारणलाई स्वच्छ र गुणस्तरीय खानेकुरा खुवाउने जिम्मा सरकारको हो’, उनले भने, ‘नाकाबाट विषादी परीक्षण गर्न काठमाडौं आउन व्यवसायीलाई सम्भव छैन, मूख्य भन्सारमा प्रयोगशालाको व्यवस्था हुनुपर्छ।’

नाकामा तरकारी बोकेका ट्रक रोकिँदा कालिमाटीमा कम आएको कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए।सरकारले विषादी परीक्षण नीति लागू गर्नुभन्दा अघि दैनिक २ सय टन तरकारी आइरहेको थियो। अहिले डेढ सय टन मात्र तरकारी तथा फलफूल भित्रिएको छ’उनका अुनसार मौसमी तरकारी स्थानीय उत्पादन भएकाले समग्र मूल्यमा कुनै असर गरेको छैन।