वैदेशिक रोजगार – कोरोनाको महामारिको समयमा ठगीको महामारी

1
172
passport_namunanews.com

रुपन्देहीको ओमसतिया गाउँपालिका-६ का शिवनारायण चौधरी गत आइतबार पक्राउ परे । काठमाडौंको सोह्रखुट्टे बस्दै आएका उनले दुई युवकलाई पोर्चुगलमा आकर्षक काम दिलाउने भन्दै १६ लाख २५ हजार रुपैयाँ ठगेका थिए । खातामा पैसा जम्मा गराएपछि उनले जब अफर लेटर, भिसा लगायतका नक्कली कागजात दिएका थिए ।

काठमाडौंको कपन बस्दै आएका मोरङ, शनिश्चरेका नारायण खड्कालाई पनि दलालहरुले क्यानडा पठाउने विश्वासमा पारेर २१ लाख रुपैयाँ ठगे । सुर्खेतका “ध्रुव थापा, सन्ध्या थापा र सुनसरीका राजेन्ऽकुमार श्रेष्ठले उनलाई ठगेको पोल प्रहरीमा उजुरी परेपछि मात्रै खुल्यो ।

रौतहटका बिनोदमणि बस्नेत गत भदौमा सरकारले विदेश जान श्रम स्वीकृति दिन थाल्नासाथ युवाहरुसँग विदशे पठाउन भन्दै रकम असुल्न थाले । उनले विभिन्न व्यक्तिसँग पटक-पटक गरी १९ लाख रुपैयाँ ठगेका थिए । पक्राउ गरेपछि प्रहरीले उनीमाथि ठगीको कारवाही चलायो ।

आफूलाई गौशालास्थित म्यानपावर कम्पनी राजदेवी इन्टरनेश्नल प्रालिको कर्मचारी बताउने मोरङ, ग्रामथामका बुधनारायण चौधरीले कुवेत पठाइदिन्छु भन्दै ७० जना युवकसँग २-२ लाखका दरले पैसा उठाए । तर, उनले न कुवेत पठाए, न पैसा फिर्ता दिए । ठगिने युवाले कात्तिक अन्तिम साता प्रहरीकोमा उजुरी गरेपछि चौधरी पक्राउ परेका छन् ।

सर्लाही र भोजपुरका दुई युवकलाई कम्बोडियामा राम्रो कमाइ हुने काम दिलाउने भन्दै फेसबुकबाट नक्कली आईडी बनाएर ठगियो । ‘सुमन थापा’ नामको फेसबुक एकाउन्टको विश्वासमा परेर मनी ट्रान्सफरमार्फत करिब ३ लाख रुपैयाँ पठाएपछि कम्बोडिया उड्न भन्दै गत असोज अन्तिम साता उनीहरु काठमाडौं आएका थिए । त्यसपछि मात्र आफू ठगिएको उनीहरुले थाहा पाएका थिए ।

गत चैतमा लकडाउन भएपछि तीन महिना विदेशमा हवाई उडान रोकियो । त्यो अवधिमा विदेश पठाउने भन्दै हुने ठगी सुस्ताएको थियो । तर, भदौयता यस्ता ठगीका घटना निरन्तर बढेको नेपाल प्रहरीको तथ्यांकले देखाउँछ । विदेश पठाउने भन्दै रकम ठगेको उजुरी प्रहरी र वैदेशिक रोजगार विभागमा धमाधम परिरहेको छ ।

1 COMMENT

Comments are closed.