वैशाखमा चुनाव हुँदैन, देश अँध्यारो सुरुङमा फसिसक्यो : बाबुराम भट्टराई

0
198
Dr.-Baburam-Bhattarai_namunanews.com

जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले वैशाखमा चुनाव नहुने बताएका छन् । आइतबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी वैशाखमा चुनावको नयाँ मिति घोषणा गरिसकेकी छिन् । उक्त घोषणाअनुसार वैशाखमा कुनै पनि हालतमा चुनाव नहुने नेता भट्टराईले बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी छिन् । प्रधानमन्त्री र राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

प्रधानमन्त्रीको कदमप्रति विरोध जनाउँदै नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह पक्षका ७ मन्त्रीले आइतबार राजीनामा दिएका थिए । पूर्वमाओवादी खेमाका गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्टले भने राजीनामा दिएका छैनन् ।

भट्टराईले सामाजिक सञ्‍जालमा लेखेका छन्, ‘वैशाखमा चुनाव हुनेवाला छैन । देश अँध्यारो सुरुङमा फसिस्क्यो । संवैधानिक/कानुनी उपचारको झिनो आशा होला तर भर गर्न सकिन्नँ । दिगो उपचार राजनीतिक नै हो:१.संगठित/एकीकृत/सशक्त जनप्रतिरोध;२.प्रतिनिधिसभाको बैठक( जनतामा निहित सार्वभौमसत्ताको प्रयोग;हिजो राजामा निहित सार्वभौमसत्ताको प्रयोग भएको) ।’