शताब्दीकै लामो खग्रास चन्द्रग्रहणको रुप

0
247
namunanews.com

राति १२ बजेर ९ मिनेटमा शुरु भएको ग्रहण बिहान ४ बजेर ६ मिनेटसम्म करिब चार घण्टा रहेको थियो । शताब्दीकै लामो खग्रास चन्द्रग्रहण हो ।

सूर्य र चन्द्रमाको बीचमा पृथ्वी पर्न गएकाले पृथ्वीले सूर्यको प्रकाशलाई छेकेपछि ग्रहण लागेको हो । अर्थात, सूर्य र चन्द्रमा १ सय ८० डिग्रीको एउटै समानान्तर रेखामा पर्ने र बीचमा पृथ्वी रहने भएकाले चन्द्र ग्रहण लाग्ने वैज्ञानिक आधार छ ।

त्यसैको फलस्वरुप सूर्यको किरण पूर्णरुपमा छेकिएर चन्द्रमा रातो देखिने गर्छ । यसपटकको चन्द्रग्रहण नेपाललगायत एसियाली मुलुकबाट समेत अवलोकन गरिएको थियो ।