शनिबार राति १२ बजेबाट लागू हुने गरी इन्धनको मूल्य वृद्धि भएको छ

0
397
Petrol-pump_namunanews

१९ जेठ, काठमाडौं। पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल, तथा मट्टीतेलको मूल्य ३/३ रुपैयाँ वृद्धि गरेकोे हो। अब पेट्रोल लिटरमा ११३ रुपैयाँ पुगेको छ भने डिजेल र मटि्टतेलको मूल्य ९५ रुपैयाँ पुगेको छ ।

शनिबार राति १२ बजेबाट लागू हुने गरी मूल्य बढाइएको निगमका सञ्चालक समितिका सञ्चालक अरबिन्द अग्रवालले जानकारी दिए। भारतीय आयल कर्पोरेशन (आईओसी)ले शुक्रबार नयाँ मूल्यसूची पठाएको थियो। यो पटक मूल्य बढाउँदा अझै पनि निगमलाई महिनामा १८ करोड ६२ लाख घाटा छ। यो मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर १.५९ रूपैया र डिजेलमा ३.४९ रूपैयाँ घाटा छ। ग्यासमा प्रतिसिलिन्डर १३९ रुपैयाँ घाटा छ ।

यो घाटा मूल्य स्थिरीकरण कोषबाट ब्यहोर्ने योजना निगमको छ । करिब साढे ४ अर्ब जम्मा भएको यो कोष बाट घाटा ब्यहोर्न निनगमले सरकार सँग प्रस्ताव गरेको निगमका कार्यकारी निर्देशक सुशिल भट्टरार्इले जानकारी दिए। निगमले आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनमा प्रतिहजार लिटर ७५ डलर रुपैयाँ बढेको छ ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य पछिल्लो समयमा लगातार वृद्धि भइरहेको छ । निगमले प्रत्येक १५/१५ दिनमा आउने नयाँ मूल्य सूचीका आधारमा मूल्य समायोजन गरेको हो। नयाँ मूल्य अनुसार भारतमा भन्दा नेपालमा पेट्रोल एक लिटरमा २२ र डिजेल २४ रूपैयाँ सस्तो भएको छ ।