शरीरलाई पनि सरी भन्ने बानी तपाईंमा!

0
209
bichar_namunanews.com


हामी भन्छौं, आफ्नै शरीर त हो किन सरी भन्ने ? ।तर शरीरले झेल्ने दुःख र कष्ट पनि तपाईंले नै बोध गर्ने हो ।तपाईलाई के पनि लाग्न सक्छ भने आफुले जानीजानी खराब खानेकुरा खाने, खराब काम गर्ने, अनि आफैलाई सरी भन्ने ? यो त मूर्खता हो । शरीरलाई सरी भन्दैमा के हुन्छ ? के सरी भन्दैमा शरीरले क्षमा गर्छ ? शरीरले हाम्रो बोली सुन्छ ? शरीरले हाम्रा गल्तीहरु पखाल्छ ?
पक्कैपनि तपाईंले सरी भन्दैमा तपाईंले माफ पाउने होइन । तर, शरीरलाई सरी भन्ने बानीले तपाईंमा एक किसिमको जागरुकता पैदा गर्छ । यसले तपाईंलाई आत्मसंयम बनाउन सहयोग गर्छ । आत्मअनुशासित बनाउँछ । शरीरलाई स्वास्थ्य र तगडा राख्ने एक मानसिक काइदा हो यो ,शरीरसँग हामी कति खेलबाड गरिरहेका हुन्छौं, शरीरलाई कति दुःख दिइरहेका हुन्छौं । तर, आफ्नो कारणले शरीरले दुःख पायो भनेर सोच्दैनौं । शरीरप्रति साहनुभूति राख्दैनौ, शरीरलाई आदर गर्दैनौं । आफ्नै शरीर त हो नि भनेर हेला गर्छौ ।

हाम्रो आफ्नो कारणले शरीरले पीडा भोग्छ, वास्तवमा हामीले आफ्नो शरीरलाई सम्मान पनि गर्दैनौ तर हामी त्यसका लागि क्षमा पनि त माग्दैनौं । बजारमा सजाइएको जंकफुड खाइदिन्छौ । हामीलाई मिठो लाग्छ त्यही कारण खाइदिन्छौ । तर, त्यसलाई पचाउनका लागि कलेजोलाई समस्या पर्छ । पच्दैन । त्यो विकारको रुपमा शरीरभित्रै रहन्छ । शरीरलाई हानी गर्छ । अब उक्त विकारले शरीरलाई दुःख दिन थाल्छ ।हामी निद्रा लागेपनि सुत्दैनौ, भोक लागेपनि खाँदैनौ । यसले पनि शरीरलाई कष्ट दिलाउँछ ।

शरीरका अंगहरुलाई निस्क्रिय बनाउँछ ।तेति व्यायाम गर्दैनौ, ताजा फलफूल खाँदैनौ, श्रम गर्दैनौ यसले पनि शरीरको नियमित कार्यलाई असहज बनाउँछ ।