ghale_cuple_namunanews.com

काठमाडौं, जेठ ११—गैरआवासीय नेपाली शेष घले र उनकी पत्नी जमुना गुरुङ अष्ट्रेलियाका धनाढ्यको सूचीमा ८१ औं नम्बरमा उक्लिएका छन् । उनीहरु अष्ट्रेलियामा रहेर व्यवसाय गर्दै आएका नेपाली जोडी हुन्। गत वर्ष १०१ औं स्थानमा रहेका घले दम्पति यो वर्ष २० स्थान माथि उक्लिएका हुन्

सन् १९९० को दशकको सुरुतिर अध्ययनका लागि अष्ट्रेलियाका पुगेका घलेले एकाउन्टिङ तथा प्राविधिक विषय पढाइ हुने मेलवर्न इन्स्टिच्युट अफ टेक्नोलोजीको स्थापना गरे । अहिले एमआइटीमा झण्डै ३ हजार विद्यार्थी अध्ययनरत छन् । घले उक्त इन्स्टिच्युटका म्यानेजिङ डाइरेक्टर हुन् भने गुरुङले बिजनेस र मार्केटिङ विभाग सम्हाल्दै आएकी छिन् ।

घले दम्पतीको पछिल्लो एक वर्षमा कुल सम्पत्तिमा झण्डै २३ करोड डलर वृद्धि भएको देखिएको छ । अष्ट्रेलियाको फाइनान्सीयल रिभियूले हरेक वर्ष सार्वजनिक गर्ने धनीको सूची अनुसार उनीहरुको कुल सम्पति ८ सय ७६ मिलियन डलर पुगेको छ । रिभियूका अनुसार उनीहरुको सम्पति एक वर्षमै ३५ दशमलव ४ प्रतिशतले बढेको हो ।

प्रवासी नेपालीहरुको संगठन एनआरएनका अध्यक्ष रहिसकेका उनी घरजग्गा लगयतका व्यवसायमा समेत सक्रिय रहेका छन् । बिहीबार साँझ सार्वजनिक भएको सूचीमा एन्थोनी प्राट पहिलो नम्बरमा छन् ।