राजधानी कोलम्बोस्थित साङ्ग्रीला होटेलमा भयको विस्फोटमा कट्टरपन्थी उपदेशक जहरान हाशिम मारिएका छन्।जहरान हाशिम
श्रीलङ्कामा इस्टर पर्वका दिन गराइएका शृङ्खलाबद्ध विस्फोटका आरोपित नाइके आक्रमणमा मारिएको राष्ट्रपति मैत्रीपाला सिरिसेनाले बताएका छन्।कोलम्बोमा रहेको केहि होटल तथा गिर्जाघरहरूमा अघिल्लो आइतवार गराइएका विस्फोटमा कम्तीमा २४० जना जति मारिएका थिए। राष्ट्रपति मैत्रीपाला सिरिसेनाअनुसार “इल्हाम” नाम गरेका अर्का बम आक्रमणकारीसँगै हाशिमले लोकप्रिय पर्यटक होटलमा आक्रमण गरेका थिए।उनले देशको गुप्तचर निकायका अनुसार तथाकथित इस्लामिक स्टेटसँग सम्बद्ध करिब १२०जना सन्दिग्ध रहेकोमा ७० जनाको अझै प्रहरीले खोजी गरिरहेको बताए।खासै नचिनिएका हाशिमले केही वर्षअघि बौद्ध धर्मसँग सम्बन्धित सालिकहरू कुरूप बनाएर बदनामी कमाएका थिए। त्यसपछि उनले गैरमुस्लिमविरुद्ध हिंसाका लागि आह्वान गर्दै युट्युबमा भिडिओहरू अपलोड गरे।
आइतवारको आक्रमणको केही दिनपछि आइएसले सार्वजनिक गरेको एउटा भिडिओमा उनी देखिएका थिए,त्यसमा सातजना पुरुष थिए ।आक्रमणमा नौजना सन्दिग्ध सामेल रहेको बताइन्छ। दुईजना आक्रमण मसला व्यापारी युसुफ इब्राहिमका छोरा थिए।इब्राहिम श्रीलङ्काका धनीमध्येका एक हुन्। घटनापछि इब्राहिमलाई पक्राउ गरी सोधपुछ गरिएको थियो।