संसदमा बजेटसम्बन्धि आफ्नो भनाइ राख्दै रसुवाका सांसद मोहन आचार्य

0
567
namunanews.com

संसदमा बोल्दै सांसद मोहन आ्चार्यले बिनियोजन भयको बजेटले दुर्गम क्षेत्रका जनता तथा भुकम्प पिडित जनतालाई सम्बोधन गर्न नसकेको बताउनुभयो ।भवन निर्माणका लागि आवश्यक सामाग्रि तथा बाटोको ब्यबस्थापन नभयको कारण बासस्थान बनाउन सकिरहेका छैनन् तर पनि यो बजेटले उनिहरुको समस्यालाई सम्बोधन गर्न नसकेको बताउनु भयो ।
कृषि पर्यटन तथा बिधुत उत्पादन हम्रो देशको मुख्य आयस्रोत को आधार बन्न सक्ने वातवरण भैरहदा पनि रज्यको बजेटले यस्को सम्बोधन गर्न नसकेकोमा उहाले यो बिषयमा बजेटको ध्यानाकर्षण गराउनुभयो ।
कृषि क्षेत्रको लागि आवश्यक पर्याप्त बजेटको आपुग रहेको नेता आचार्यले बताउनुभयो ।आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बडाउनको लागि पर्यटन पुर्बाधारहरुको बिकाश गर्नु पर्ने हुदा त्यस तर्फ बजेटमा उचित ध्यान पुर्याउन पर्ने अनेथा पर्यटकहरुको आयातमा ह्रास आउने कुरामा जोड दिनुभयो ।

बिधुत उत्पादनको क्षेत्रमा बजेटले उचित ध्यान दियतापनि बिधुत प्रसारण लाइन्को ब्यबस्थापनको बिषयमा बजेटले ध्यान दिन नसकेको नेता आचर्यले बताउनुभयो । कतिपय आयोजनाबाट प्रसरणलाइनको अभाबको कारण बिधुत केन्द्रिय प्रसारणमा जोडिन नसकेको उहाले बताउनुभयो ।यस्तै अब्यबस्थित गरिरहने हो भने बाहिरि लगानि भित्रिन गारो हुने कुरा पनि उहाले अवगत गराउनुभयो तथा हम्रो देशलाई संबृधि तर्फ लग्न सकिन्छ भने त्यो बिधुत उत्पदन नै भयको कारण यस तर्फ बजेटले सम्बोधन गर्न नसकेको कुरा उहाले प्रस्ट्याउनुभयो ।
आचार्यका आनुसार मुलुक आर्थिक संबृधि तर्फ लाग्नको लागि बजेटको धेरैनै आवश्यक पर्ने हुनाले निजि क्षेत्रलाइ उचित वातवरण यो बजेटले दिन नसकेको बताउनु भयो ।
सडक तथा रेलमार्गको कुरा गर्दा रसुवा धेरै नै भाग्यमानि जिल्लामा रहेको बताउदै केरुङ कठमन्डौ रेलमार्ग ,रसुवागढि गल्छि त्रिदेशिय राजमार्ग सुरु गर्ने सोचमा सरकार पुगेकोमा सरकारलाई पनि उहाले धन्यबाद दिनुभयो । तथा अहिले चलिरहेका कर्यक्रमहरु तथा सुरु गर्ने भनियका कर्यक्रमहरुमा सरकारको ध्यानाकर्षण गराउनु भयो ।