संसार छाडेसँगै इजिलावेथकोे ‘पर्वतारोहण’सम्बन्धी सुम्पिने सपना अधुरो

0
247
namuna_elizabeth_hawley

नेपालको पर्वतारोहणका सम्बन्धमा ६ दशकदेखि अध्ययन र तथ्याङक संकलन गरेर सुरक्षित गर्दै आएकी अमेरिकी नागरिक इजिलावेथ हवलीको मृत्यु भएको छ। नेपाली पर्वतारोहण क्षेत्रकी बैंकको उपनाप पाएकी अमेरिकी नागरिक इलिजावेजको शुक्रबार काठमाडौंमा मृत्यु भएको हो।

सन् १९६० देखि नेपालमा रहेर पत्रकारितासँगै नेपाल सरकारबाट आरोहण अनुमती लिएका अरोहीको तथ्याङक राख्ने एलिजाबेथको ९४ बर्षको उमेरमा मृत्यु भएको हो।

हिमालन डाटावेस संस्था नै स्थापना गरेर उनले विश्वभरका हिमालको आरोहण तथ्याङक राख्ने राख्दै आएका थिइन्। विश्वका चर्चित र कीर्तिमानी आरोहीले आरोहण गरेका हिमालको वास्ताविक र महत्वपूर्ण तथ्याङक उनले व्यक्तिगत रुपमै अध्ययन गरेर राख्दै आएकी थिइन्।

हिमालयन डाटावेसकै रुपमा आरोहणका लागि तय गरिएका योजना, आरोहण गाइडको जानकारी, आरोही र आरोहण दलका सदस्यको पूर्ण जानकारी, आरोहणको अवधि, अवस्था र आरोहण सम्पन्न भए नभएको, मौषमको अवस्थालगायतका सम्पूर्ण जानकारीको रेकर्ड उनले राख्ने गरेकी थिइन्।

सरकारले हिमाल आरोहणको अनुमती दिने र सफल आरोहणको तथ्याङक राख्दै आए पनि एलिजाबेथले अनुमती प्राप्त सम्पूर्ण जानकारी राखेर सहयोग गर्दै आएको पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले बताए। सन् १९६९ देखि चिनजान भएदेखि उनी हिमालमै रहेर नेपालको पर्वतारोहणको तथ्याङक राखेको शेर्पाले बताए। सगरमाथा, केटु, कन्चनजंगा, ल्होत्से, मकालुलगायत विश्वका आठ हजार भन्दा अग्ला १६ हिमाल र चार हजार भन्दा बढी साना हिमाल आरोहण सम्बन्धीको तथ्याङक उनले सुरक्षित गरेकी थिइन्, आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।