सगरमाथा चढ्न अहिलेसम्मकै धेरै मान्छे

0
861

यस वर्षको सिजनमा हिमाल आरोहण गर्न विहीबारसम्म ८ सय ८० जना मान्छे अनुमती लिएका छन् ।पर्यटन विभागले विहीबारसम्म सगरमाथा आरोहणका लागि ३८ वटा आरोहण दलले अनुमती दीइसकेका छन् । तिनमा ३ सय ६२ विदेशी र १३ जना छन् । अनुमती लिने क्रम अन्तिम चरणमा पुगेको विभागकी निर्देशक मिरा आचार्यले बताइन् । वषन्तकालिन सगरमाथा आरोहणका लागि अनुमति लिन चैतदेखी खुला गरिएको थियो । ‘यस सिजनमा सगरमाथा आरोहणका लागि जान अनुमति पाउनेको संख्या अहिलेसम्मकै धेरै हो,’ भनेर आचार्यले भनिन् । यी हिमाल आरोहण गर्न अनुमति पाएकामा नेपालसहित ४८ वटा मुलुकका नागरिक छन् ।सगरमाथासहित २७ वटा हिमालका लागि यस सिजनमा ९८ वटा आरोहण दलले अनुमती लिइसकेका छन् । यी सबै दलमा ८ सय २० आरोहण सदस्य छन् । वषन्तकालिन सिजनमा सगरमाथा आरोहण गर्न चाहने विदेशीले ११ हजार डलर आरोहण दस्तुर बुझाउनु पर्छ भने नेपालीलाई ७५ हजार तोकिएको छ । सलामी दस्तुरमा सगरमाथा आरोहण सर्वाधिक महंगो हिमालको सूचीमा पर्छ । व्यवसायीहरूका अनुसार विदेशीले सगरमाथा आरोहण गर्दा कम्तीमा ३० लाखदेखी १ करोड रुपैयासम्म खर्च गर्छन् । सरकारलाई तिर्ने दस्तुरबाहेक आरोहीहरूले एक्सपिडीसन कम्पनीको लागत, विमा, हिमाल आरोहण गर्ने गियर , नेपाल सरकारले खटाउने सर्म्पक अधिकृतलाई भत्ता, हवाई टिकट लगायत खर्च ब्यहोर्नुपर्छ ।