सडकलेन मिच्दै हुनुहन्छ ? बिचार गर्नुहोस्, ट्राफिकको पत्ता लगाउने नयाँ तरिका

0
809
ssp basanta panta_namunanews.com

काठमाडौं,जेठ १९ – ट्राफिक व्यवस्थापनलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिहिबारदेखि ट्राफिक नियम पालनामा कडाई सुरु गरेको छ। गृह मन्त्रालयको ८२ बुँदे गृह प्रशासन सुधार योजना र प्रहरी महानिरीक्षकको १० बुँदे प्राथमिकतालाई महाशाखाले कडाइका साथ लागू गर्दै विभिन्न ७ किसिमका कसुरमा जरिवाना बढाएर एक हजार रुपैयाँ पुर्‍याइएको छ।

त्यस्तै उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनले यात्रुले देख्नेगरी सवारी साधनको भित्री भागमा पनि नम्बर अनिवार्य राख्नुपर्ने भएको छ । सार्वजनिक यातायातमा यात्रुले धेरै सरसामान छोड्ने र हराउने क्रम बढेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाको पहलमा ट्याक्सी, माइक्रोबस, बसदेखि सबैखाले सार्वजनिक यातायातले अगाडि नम्बर राख्नुपर्ने व्यवस्था गरेको हो ।

यातायात व्यवस्था विभागले आफुहरुलाई एक हजार रुपैयाँसम्म जरिवाना लिन पाउने अधिकार दिएको महाशाखाका निमित्त प्रमुख एसएसपी बसन्त पन्तले बताए। उनका अनुसार सिट क्षमता भन्दा धेरै यात्रु राखेमा, सार्वजनिक यातायातमा तोकिउ बमोजिम सिट सुरक्षित नराखेमा, पटके इजाजत नलिई सवारी चलाएमा, सार्वजनिक सवारीमा धुम्रमान गरेमा, हर्न बजाउन नपाउने ठाउँमा हर्न बजाएमा, तिव्र गतिले सवारी चलाएमा र दुर्घटना गरी फरार भएमा एक हजार रुपैयाँ जरिवाना हुने छ।

अब सिसिटिभी फुटेजबाट त्यस्ता सवारीको नम्बर पत्ता लगाएर कारबाही गर्छौं ।’ विदेशमा अधिकांश ट्राफिक कारबाही सिसिटिभी फुटेजका आधारमा गर्ने गरिन्छ । सोही व्यवस्थालाई नेपालमा समेत भित्र्याउन लागिएको पन्तको भनाइ छ । त्यसका लागि राजधानीका केही थप स्थानमा सिसिटिभी क्यामेरा जडान गर्ने तयारी पनि भइरहेको ट्राफिक कार्यालयले जानकारी दिएको छ ।

Trafic-police_namunanews.com

यसैगरी, प्रिन्टरसहितको ब्रेथ एनालाइजर र राडर गनको प्रयोग गरी चालक अनुशासन कायम गर्ने तयारी भइरहेको एसएसपी पन्तले जानकारी दिए । नयाँ ब्रेथ एनालाइजरले सेवन गरेको मदिराको मात्रा पत्ता लगाउनेछ भने राडर गनले सवारीको गति नियन्त्रण गर्नेछ । यस्तै, महाशाखाले जमलबाट छुट्दै आएका पर्यटक बसलाई गोंगबु बसपार्कमा लैजान लागिएको जानकारी दिए ।

निमित्त प्रमुख पन्तले हिट एन्ड रनका दोषीहरू पनि अब नउम्किने दाबी गरेका छन् । चालु आर्थिक वर्षमा उपत्यकामा मात्र ठक्कर दिएर भागेका ५ सय २२ निवेदनमध्ये ३ सय ९० लाई मात्र कारबाही भई बाँकी फरार रहेपछि ट्राफिकले नयाँ तरिका उपनाउन लागेको हो । पन्तले अब त्यस्ता ठक्कर दिनेको पहिचान हुने र उनीहरूलाई घरमा नै गएर समातेर कानुनी दायरामा ल्याइने दाबी गरे । ‘सिसिटिभीलगायत विभिन्न प्रविधिमार्फत सवारी साधनको नम्बर पत्ता लगाई यातायात व्यवस्था कार्यालयसँग सहकार्य गरेर ठक्कर दिनेको पहिचान गर्नेछौँ र घरमै पुगेर नियन्त्रणमा लिने छौँ’ पन्तको भनाइ छ ।

अत्यधिक गतिमा सवारी हाँक्नेहरूलाई पनि नियन्त्रणमा लिइने र कारबाहीको दायरामा ल्याइने पन्तले बताए । यसका लागि राडर गनको प्रयोग गरेर ओभरस्पिड चेकजाँच गर्ने महाशाखाको योजना छ । एसएसपी पन्तले ‘मोडिफाई’ गरेर चर्को आवाजमा हाँकिने बाइकलाई कारबाही गर्ने योजना पनि सार्वजनिक गरे । जथाभावी पार्किङ गर्ने सवारी र मिटरमा नहिँड्ने ट्याक्सीमाथि कारबाही गरिने ट्राफिक प्रहरीको भनाइ छ ।