man_namunanews

सन् १९६९ जुलाई २१ मा पहिलो पटक नील आर्मस्ट्रङले चन्द्रमामा पाइला टेकेका थिए । यसपछि पाँच अरु अमेरिकी अभियान पनि चन्द्रमामा पठाइएको थियो ।
सन् १९७२ मा चन्द्रमामा पुग्ने यूजीन सेरेन अन्तिम अन्तरिक्ष यात्री थिए । उनी पछि अहिले सम्म कोही पनि चन्द्रमामा गएका छैनन् ।
तर लगभग आधा शताब्दी पछि अमेरिकाले चन्द्रमामा मानव अभियान पठाउने घोषणा गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सँग सम्बन्धीत एउटा आदेशमा सोमबार हस्ताक्षर गरेका छन् ।
तर प्रश्न यो उठ्छ कि लगभग आधा शताब्दीसम्म कुनै देशले पनि चन्द्रमामा किन कुनै अन्तरिक्ष यात्रीलाई पठाएन ?
वास्तवमा कुनैपनि व्यक्तिलाई पठाउनु चन्द्रमामा धेरै नै महंगो पर्न जान्छ । क्यालिर्फोनिया विश्वविद्यालयमा खगोल विज्ञानका प्रोफेसर माइकल रिचका अनुुसार चन्द्रमामा मान्छे पठाउन धेरै नै खर्च लाग्ने र त्यति खर्च लगाएर वैज्ञानिक फाइदा कम हुन्छ ।
तर विशेषज्ञका अनुसार भने यस विषयमा वैज्ञानिक भन्दा पनि राजनीतिक कारणहरु थिए ।

सन् २००४ मा अमेरिकाका तत्कालिन राष्ट्रपति जर्ज डब्लु बुशले पनि ट्रम्पको जस्तै चन्द्रमामा मानव योजना पठाउने एक प्रस्ताव पेश गरेका थिए, १०४००० मिलियन डलर खर्च लाग्ने बजेट तयार गरिएको थियो तर बजेट बढि भएकाले यो सम्भव भएको थिएन । योजना रोकिएको थियो ।
बिशेषज्ञहरुले यो पटक पनि त्यस्तै हुने आशंका जताएका छन् । किनभने ट्रम्पले उक्त आदेशमा हस्तक्षर गर्नुपूर्व मन्त्रीमण्डलमा परामर्श सम्म पनि गरेनन् ।
सरकारी तथा निजी स्तरबाट चन्द्रमामा जाने भन्ने कुरा पहिले पनि भएकै हुन् । जसमा त्यहाँ जाने मात्र नभएर मानव वस्ती पनि बसाल्ने महत्वकांक्षी योजनाहरु बनाइएका थिए । नासाको योजनाको लागि यस पटक बनाएको बजेट अगाडि बनाइएको पाँच प्रतिशत मात्र रहेको छ ।
यो योजना कम खर्च लाग्ने प्रविधि अर्थात ‘स्पेसक्राफ्ट’ को निर्माणमा आधारित छ । चीनले २०१८ र रुसले २०३१ सम्म चन्द्रमामा पुग्ने योजना बनाएको छ । यस कार्यमा कैयौं निजी कम्पनीले स्पेस बिज़नेस मोडल ल्याउने बारेमा पनि कुरा भएको छ । जसमा चन्द्रमामा खनिज उत्खनन् र त्यहाँबाट ल्याएका पत्थर लाई उच्च मूल्यमा बिक्री गर्ने योजना पनि बनाइएको छ ।

अन्तरिक्षको यो दौडमा अमेरिका कुनै पनि हालतमा विश्वका अन्य मुलुकहरु भन्दा पछाडि पर्न चाँहदैन त्यसैले ट्रम्पले अमेरिकी चाहाना अनुसार उक्त योजनामा हस्ताक्षर गरेको अनुमान गरिएको छ ।