सफा हावा एप’ सार्वजनिक, सर्वसाधारणलाई राहत

0
549

वायु प्रदुषणको जानकारी दिने ‘सफा हावा एप’ काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक भएको छ ।

वायु प्रदुषणको जानकारी दिने ‘सफा हावा एप’ काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक भएको छ । यो सँगै सर्वसाधारणहरुले अब आफनो क्षेत्र वरपरको हावामा प्रदुषण छ कि छैन भनेर थाहा पाउन सक्छन् र सोहि अनुसार आफनो तयारी गर्न सक्ने छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा वातावरण विभागका महानिर्देशक दुर्गाप्रसाद दुवाडी र नेपालका लागि अमेरिकी राजदूत एलिना बी तेप्लिजले ‘सफा हावा एप’ सार्वजनिक गरेका हुन् । नेपालका लागि अमेरिकी राजदूतावास र विधि प्रालिले सयुक्त रुपमा ‘सफा हावा एप’ बनाएका हुन् ।

काठमाडौंका विभिन्न क्षेत्रको वायुको गुणस्तरबारे जानकारी गराउने उद्देश्यले ‘सफा हावा एप’ सार्वजनिक गरिएको हो । यो एपले वायुको अवस्थाबारे प्रयोगकर्ताहरुलाई जानकारी गराउने बताइएको छ ।

एपले दुषित वायुबाट बच्ने उपायबारे पनि जानकारी गराउने जनाइएको छ । मोबाइल एपको रुपमा स्थापना गरिएको ‘सफा हावा एप’बाट प्रत्येक घण्टामा वायुको अवस्थाबारे जानकारी पाउन सकिन्छ ।
यस एपले प्रयोगकर्तालाई हावामा रहेको प्रदुषण र प्रदुषण गराउने मूख्य कारणको पनि जानकारी गराउने जनाएको छ ।

एपले कुन समयमा हावाको प्रदुषण बढी हुन्छ भन्ने विषयमा पनि जानकारी गराउँछ । एपले हावाले स्वास्थ्यमा पुर्याउने असरबारे पनि जानकारी दिनेछ । एपको मूख्य उद्देश्य नागरिक र सरकारलाई हावा प्रदुषणबारे जानकारी गराउने रहेको छ ।

हाललाई उक्त एपले काठमाडौंको मात्र हावाको प्रदुषणबारे जानकारी गराए पनि पछि देशभरिकै हावाको जानकारी गराउने बताइएको छ ।