सरकारले भ्रष्ट्र्चार लाई रोक्न कुनै प्रयास गरेन : डा. लोहनी

0
281
lohani_namunanews.com

यो सरकारले भ्रष्ट्र्चार लाई रोक्न कुनै पनि प्रयास नगरेको पुर्वअर्थमन्त्रि तथा राप्रपाका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले बताए।
२९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस को अवसरमा राप्रपा नुवाकोटले आयोजना गरेको कार्यक्रम लाई सम्बोधन गर्दै अध्यक्ष लोहनीले यो सरकार कुर्ची जोगाउने खेलमा लागेर भ्रष्ट्र्चारी लाई कुनै पनि किसिमको कार्वाही नगरेको बताए।

उनले शासन चलाउनको लागी हनु पर्ने ईमान्दारिता यो सरकारमा नभएको समेत दावी गरे। कार्यक्रममा राप्रपाका केन्द्रिय सदस्य दिपक राई,झनक प्याकुरेल लगाएतको उपस्थिति रहेको थियो।

यस्तै नुवाकोटको अन्य २ स्थानमा पनि विविध कार्यक्रम गरि राष्ट्रिय एकता दिवस तथा २९९ औं पृथ्वी जयन्ती मनाईएको छ। उक्त्त कार्यक्रममा सहभागिहरुले पृथ्वीनारायण शाहकै योगदानवाट नेपाल रहन गएकोले देशमा जतिसुकै परिवर्तन भएपनि पृथ्वीनारायण शाहको योगदान हामिले बिर्सन नहुने बताएका थिए।

पृथ्वीनारायण शाहले १८०१ साल असोज १५ गते नेपाल एकिकरणको विजयी सुरुवात गरेका नुवाकोटको साततले दरवार राष्ट्रिय संग्रहालय र पृथ्वीनारायणले देह त्याग गरेको देवीघाटस्थित उनको पुर्ण कदको शालिक स्थापित गरि देवीघाट एकता दिवस मनाइएको हो।

फोटो पिचर

Dr. lohani_namunanews.com
5_namunanews.com
2_namunanews.com
3_namunanews.com
6_namunanews.com
7_namunanews.com