डा. केसी _namunanews.com

९ साउन, काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसी पक्षबीच मंगलबारबाट शुरु संवाद प्रक्रियाले आज पनि निरन्तरता पाउने भएको छ। केसीको अनशनको २५ औं दिनमा पहिलोपटक सरकार र केसी पक्षबीच मंगलबार वार्ता भएको थियो ।

वार्तालाई निष्कर्षमा पुर्याउन दुवै पक्ष जुटेका छन् । त्यसका लागि बुधबार बिहानबाट पुनः वार्तामा बस्ने सरकारी र केसी पक्षका वार्ता टोली संयोजकद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ । संसदमा विचाराधीन चिकित्सा शिक्षा अध्यादेश फिर्ता हुनुपर्ने पूर्वशर्त छाडेपछि शुरु संवाद सकारात्मक रहेको बताइए पनि ठोस निष्कर्षमा पुग्न सकेको छैन ।

सिंहदरबारमा भएको छलफलमा डा. केसीको वार्ता टोलीले चिकित्सा शिक्षा विधेयकमा के–के संशोधन गर्नुपर्छ भनेर लिखित नै दिएको छ । स्रोतका अनुसार १० वर्षे प्रतिबन्ध, ५ वटा मेडिकल कलेजलाई मात्र सम्बन्धन दिनुपर्नेलगायतका बुँदाहरु उल्लेख गरियको छ।