सरकार र डा.केसी बिचको वार्ता असफल !!

0
334
gobinda kc_namunanews.com

काठमाडौं– सरकार र अनसनरत डा.गोविन्द केसी पक्षबीचको वार्ता असफल भएको छ। सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको दुई पक्षबीचको वार्ता असफल भएको हो । डा.गोविन्द केसी पक्षले आफ्नो मागका बारेमा सरकार जिम्मेवार ढंगले प्रस्तुत नभएको आरोप लगाएको छ ।

वार्ताका लागि सरकार पक्षका नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङले मध्यस्थताको भूमिका निर्वाह गरेका थिए । शिक्षा मन्त्रालय, सिंहदरबारमा बुधबार दिउँसो वार्ता सुरु भएपछि केसी पक्षकाले विधेयक संशोधनको बुँदा उठाएका थिए। लगत्तै सरकारी टोली थप परामर्श गर्नुपर्छ भन्दै वार्तास्थलबाट निस्के। कोसँग परामर्श गर्ने भन्ने खुलाएनन्।

‘एक घन्टालाई भनेर जानुभएको थियो, दुई घन्टापछि आउनुभयो,’ यसै क्र्ममा, ‘फर्केर आएपछि पनि चिकित्सा शिक्षा विधेयकमा कुरा गर्न मान्नुभएन। मुख्य मागमै छलफल नभएपछि अरु विषयमा गनथन गरेर वार्ता लम्बाइरहनुको अर्थ रहेन’। केसी पक्षले अब आफूहरुले दिएको सूचीका आधारमा सुधारसहित चिकित्सा शिक्षा विधेयक पास गर्ने प्रतिवद्धता आएपछि मात्रै आगामी दिनमा वार्तामा बस्ने अडान लिँदै बाहिरिएको छ । बाहिरिए लगत्तै डा.केसी पक्षधरले एक विज्ञप्तिमा जारी गर्दै सरकारले आफ्ना मागहरुको बेवास्ता गरेको भन्दै डा.केसीको स्वास्थ्य असाध्धै नाजुक भइसक्दा पनि सरकारी पक्ष चरम गैर जिम्मेवार र संवेदनविहीन हुँदै विधेयक सम्बन्धी दफागत छलफलमा सार्थक रुपमा प्रवेश नगरेको आरोप लगाएको छ ।

‘म्यान्डेट छ भन्दै हामीलाई झुक्याइयो,’ डा. सिंहले भने, ‘उहाँहरुलाई सहमति त टाढाको कुरा, विधेयकमा छलफल गर्ने अधिकारसमेत दिइएको रहेनछ।’ उनका अनुसार विधेयकमा संशोधन गर्नुपर्ने प्रावधान बुँदागत रुपमा सरकारलाई बुझाइएको छ। अब सरकारी प्रतिवद्धता आएपछि मात्र अर्को चरणको वार्तामा बस्ने उनले बताए।

‘मुख्य बुँदा अड्काएर अरु विषयमा कुरा गर्दै वार्ता भइरहेको छ भनी जनता झुक्याउने सरकारको चाल देखिन्छ, हामी विधेयक संशोधनमा सरकारी प्रतिबद्धता नआएसम्म वार्तामा बस्दैनौं,’ डा. सिंहले भने, ‘हदैसम्म लचकता अपनाउँदै विधेयक फिर्तीको माग थाती राखेर संशोधनका प्रावधानमा मात्र सहमति जुटाउन खोज्दा पनि सरकार अडिग रह्यो।’

त्यसैले यस्तो संवेदनशील समयमा आएर छलकपटपुर्वक सत्याग्रही डा। केसीको ज्यान जोखिममा पार्ने तथा स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्र सुधारका काममा हलो अड्काउने सरकारको रवैयाको कडा विरोध गर्दर्छौं । साथै हामीले सरकारलाई उपलब्ध गराएको सुचीबमोजिमको सुधारसहित विधेयक पारित गर्ने सरकारी प्रतिवद्धता आएपछि मात्रै अर्को चरणको वार्तामा बस्ने जानकारी गराउँछौं ।

Dr. Govinda K.C_namunanews.com

उनीहरुका अनुसार डा. केसीको सेतो रक्तकोशिका संख्या हालसम्मकै कम छ। रगतमा सुगरको मात्रा अत्यन्त कम भएकाले जुनसुकै बेला अचेत अवस्थामा पुग्ने खतरा छ। रगतमा पोटासियम अति नै कम भइसकेको छ भने मुटुको चाल कम भइरहेकाले कुनै पनि बेला धड्कनमा समस्या आई मुटु बन्द हुनसक्ने डा. लक्ष्मण भुषालले बताए।

‘उहाँले विस्तारै होस गुमाउँदै जानुभएको छ,’ उनले बुधबार पत्रकार सम्मेनलनमा भने, ‘हिजो भर्खर मैले आफैं बसेर सरको रगत जाँचका लागि पठाएको थिएँ, आज त्यही कुरा उहाँले बिर्सिसक्नु भएको रहेछ।’

केही दिन यही अवस्था रहे दिमागमा गम्भीर असर पर्न गई अचेत हुने, छारे आउने र कोमामा जान सक्ने उनले बताए। ‘यो अवस्थाको बिरामीलाई आइसियुमा राखेर उपचार गर्नुपर्ने हुन्छ तर डा.केसीले आफू होसमा रहुन्जेल आइसियुमा नजाने बताइसक्नुभएको छ,’ उनले भने।