सलमानलाई नेपाल ल्याउँछु भनेर ठग्ने ओडिसीका म्यानेजर रविन केसी र सिमान्त गुरुङ पक्राउ

0
387
worlcup-bet_namunanews.com

२९ असार, काठमाडौं । भारतीय अभिनेता सलमान खानसहित अन्य भारतीय कलाकारहरुलाई काठमाडौं ल्याउने भन्दै ‘दब्याङ टुर’ आयोजना गर्ने भनेर टिकट विक्री गरी ठगेको आरोपमा ओडिसी इन्टरटेनमेन्टका म्यानेजर रविन केसी पनि पक्राउ परेका छन् ।

विप्लव माओवादीको धम्की र कालो हरिणको शिकार गरेको मुद्दामा जोधपुर अदालतले खानलाई पाँच बर्षको जेल सजाय सुनाएसँगै सलमानको नेपाल भ्रमण टरेको थियो । तर, आयोजक ओडिसीका अध्यक्ष गुरुङले ‘सलमान नेपाल आउने कम्फर्म छ’ भन्दै ढाँटेर पैसा उठाइरहेका थिए ।

यद्यपि, सलमान खान कालो हरिण शिकारको मुद्दामा ५ वर्षका लागि जेल गएपछि कार्यक्रम अनिश्चित भएको थियो । गुरुङले यसअघि सन् २०१३ मा पनि यूकेको चर्चित ब्याण्ड डिप पर्पल ल्याउने भन्दै पैसा उठाएका प्रहरीको भनाइ छ । तर, त्यसपटक पनि उक्त ब्याण्ड नेपाल आएको थिएन ।

सिमान्त गुरुङको बिरुद्धमा ठगी गरेको जाहेरी परेको छ’ एसएसपी सिंहले भने, ‘ठगी मुद्दमा म्याद लिएर अनुसन्धान शुरु गर्छौ । खानलाई पाँच बर्षको जेल सजाय सुनाएसँगै उनि आउने भनिएको पहिलो मितिको भ्रमण क्यान्सिल भएको थियो तर गुरुङले गत ‘मे २६ आ आउने कन्फर्म छ, उहाँको म्यानेजरले चिन्ता गर्नुपर्दैन’ भन्दै टिकट बिक्री गरेका थिए । पक्राउ गरिएका गुरुङलाई महानगरीय अपराध महाशाखामा राखिएको छ । ओडीसी इन्टरटेनमेन्टका नाममा विभिन्न देशका कलाकार नेपाल ल्याएर प्रस्तुती गराउने प्रचारबाजी गरी रकम उठाउने काममा उनको संलग्नता देखिएको थियो ।