साँचो बिना नै सञ्चालन हुने ‘जंगली साढे’ कार आगामी वर्ष बजारमा आउने

0
189
cars_namunanews-696x367

इटालीको चर्चीत कम्पनी की ल्याम्बर्गिनीले आफ्नो नयाँ एसयूभी, युरसलाई सार्वजनिक गरेको छ । युरसको अर्थ ‘जंगली साढे’ हुन्छ । युरस अर्थात् ‘जंगली साढे’ नाम दिएको उक्त गाडी विशेष फिचरसहित सार्वजनिक गरेको कम्पनीको भनाई रहेको छ ।

उक्त कार निमार्ण गर्न कम्पनीले लामो समय खर्चिएको जनाएको छ । यो एउटा एक एसयूभी हो तर कम्पनीले यसलाई एसएसभी सुपरस्पोर्ट यूटिलिटी भेहिकलको रुपमा दाबी गर्दै आएको छ । यसलाई फोक्सवागेनको एमक्यूबी प्ल्याटफर्ममा तयार पारिएको छ ।
कारमा चार लिटरको ट्विन टर्बो बी ८ ईञ्जनि जडान गरिएको छ । यो ईञ्जिनले ६४१ बीएचपीको पावर र ८५० न्युटन मिटरको टर्क प्रदान गर्छ । यो ८ स्पिड आटोम्याटिक ट्रान्समिशन सिस्टम रहित छ ।

उक्त कारले परफर्मेन्स एसयूभी शून्य देखि १०० किलोमीटर प्रति घण्टाको स्पिडमा ३६ सेकेण्ड पकड लिने कम्पनीले दाबी गरेको छ। जब की कारले २०० किलोमिटर प्रति घण्टाको स्पिड १२.८ सेकेण्डको पकड लिन सक्षम छ ।

अधिकतम स्पिड भने ३०५ किलोमीटर प्रति घन्टा छ । यो दुनियाँकै सबैभन्दा तेज एसयुभी रहेको कम्पनीले बताँउदै आएको छ ।

ब्रेकिंङका लागि अगाडीको पांग्रामा ४४० एमएम र पछाडिको पांग्रामा ३७० एमएम कार्ब सेरामिक ब्रेक दिइएको छ । यसमा २१ ईञ्चको एल्वोइ ह्विल पनि दिइएको छ। यो ५ सिटर कार हो ।

कारको अर्का विशेषता भनेको साँचो बिना नै सञ्चालन हुन्छ भने यसमा पाँच सिट रहेको छ । यसको एलईडी हेटलाइट छ भने २१ स्पिकर थ्राीडि साउन्ड प्रणलीमा रहेको छ ।

२०१८ देखि उक्त कार बिक्री गरिने कम्पनीले जानकारी दिएको छ । यसको मूल्य दुई लाख अमेरिकी डलर रहेको छ ।