गाैरा पर्वले साँस्कृतिक एकतालाई थप मजवुद बनाएको : प्रधानमन्त्री अोली

0
556
KP-Sharma-Oli_namunanews.com

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका विभिन्न साँस्कृतिक पर्वहरुले नेपालीहरुलाई एकतावद्ध गराउने काम गरेको बताउनुभएको छ ।

गौरापर्वको अवसरमा आज एक शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनभुएको हो । प्रधानमन्त्री ओलीले नेपालको जातीय र साँस्कृतिक विविधतालाई आपसी द्वन्द्वमा रुपान्तरण गर्ने दुष्प्रयासलाई नेपालीले सधैं परास्त गरेको स्मरण गर्नु भएको छ ।

Greetings_Gaura-Parba_namunanews.com

प्रधानमन्त्री ओलीले गौरा पर्व नेपालको एक विशिष्ट पहिचान झल्काउने पर्व भएको बताउनुभएको छ । प्रदेश ७ को मौलिक संस्कृति झल्किने गरी मनाइने गौरा पर्व डडेल्धुृरासँगै दार्चुला, बैतडी, डोटी बझाङ, अछाम, कैलाली, कञ्चनपुर तथा भारत उत्तराखण्डको कुमाउ, गढवालमा समेत आ–आफ्नै धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार मनाईँदै छ ।

गौरा पर्वमा देउडामा पौराणिक कथा, देवी देवताका गाथा गाउने, चैतली, धुमरी, ढुस्को लगायतका भाकामा देउडा खेलेर रमाईलो गर्ने चलन छ । देउडाका माध्यमबाट समाजमा भएको विकृति, देशको राजनीतिक अवस्था लगायतका बारेमा तिखो व्यङ्ग्य गरेर खेल खेलिन्छ । त्यस्तै देउडा गीतका माध्यमबाट सुख दुःख बाँड्नुका साथै सामाजिक सदभाव कायम पनि गरिन्छ ।