हावाहुरीका कारण कम्तीमा २७ को मृत्यु

0
299

असिना र पानीसँगै आएको हावाहुरीले मध्य तराइको पर्सा, बारा, र रौतहटमा ठुलो धनजनको क्षति भएको छ । हावाहुरीले बारा जिल्लाको विभिन्न ठाउँमा आइतबार राति कम्तीमा २७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।४०० जनाभन्दा बढी घाइते भएको उनीहरुको अनुमान छ।घरमाथिको विद्युतको पोल, रुख ढलेर र चल्दै गरेको बस दुर्घटना भएर उनीहरुको मृत्यु भएको छ।कलैया अस्पतालमा मात्रै मृतकको संख्या १६ पुगिसकेको छ। कलैया अस्पतालमा उपचार नभयकाहरुलाई वीरगन्जस्थित नारायणी अस्पताल र नेशनल मेडिकल कलेजमा रिफर गरी पठाइएको छ।