हेटौँडामा जन्ती लिएर हिँडेको बस दुर्घटना

0
350

भक्तपुरबाट हेटौँडा आउँदै गरेको बा४ख२२१७ नम्बरको जन्तीबस सडकबाट करिब १० मिटर तल सालको जंगलमा खसेर दुर्घटना भएको हो।दुर्घटना भयको जन्ति बसमा अन्य २८ जना जन्ती घाइते भएका छन् । तीमध्ये तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेहरुमा नुवाकोट जिल्लाका २१ वर्षीय विकास धमला र भक्तपुरका ३५ वर्षीय नवराज परियार रहेका छन् ।घाइतेहरुको अहिले हेटौँडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । भक्तपुरबाट बेहुलासहित जन्ती लिएर आएका तीनवटा मध्ये एउटा बस दुर्घटनामा परेको हो ।