हेलिकप्टर दुर्घटनामा परेका मृतकहरुको शव काठमाडौँ ल्याइयो

0
606
Altitude-Air-Nepal-Helicopter-Crash1_namunanews.com

२४ भदौ काठमाडाैँ – नुवाकोटमा शनिबार भएको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएकाको शव आज बिहान विदुर हुँदै काठमाडाैँ पठाइएको छ ।

दुर्गम स्थानमा भएका कारण शव ल्याउन कठिनाइ भएको र रातभरि प्रहरी र स्थानीयवासीको सक्रियतामा शवको उद्धार गरिएको नुवाकोटका प्रहरी प्रमुख एसपी बसन्त कुँवरले जानकारी दिए ।

हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित सात जना सवार रहेका थिए । दुर्घटनामा मृत्यू हुनेमा रामेछापका ४० वर्षीय दिल्ली बहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, गोर्खाको सामागाउँ चुमनुब्री सम्दो १ का छोवाङ नुर्बु, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ, पाइलट निश्चल केसी र जापानी नागरिक हिरोमी कोमात्सु रहेका छन् ।