२२ औ पटक सगरमाथा सफल आरोहण गरि बिश्व किर्तिमान राख्न सफल कामिरिता

0
781
namunanews

२२ औं पटक सगरमाथा शिखरमा पाइला राखि विश्व रेकर्ड राख्न सफल कामिरिता शेर्पाले बुधबार बिहान ८ बजेर ३० मिनेटमा आरोहण गरेर उनले यसअघि २१ पटक सगरमाथा शिखरमा पुगेर रेकर्ड रख्न सफल आप्पा शेर्पाको विश्व किर्तिमानी तोडेका हुन् ।
पासाङल्हामु गाउँपालिका– ५, थामे सोलुखुम्बुका ४८ वर्षिय कामिरिता अब संसारको अग्लो शिखरमा सबैभन्दा बढी पाईला राख्ने आरोही बनेका छन् । शेर्पाको आनुसार आफुले आप्पाको विश्व किर्तिमान तोड्नको लागि नभइ आफ्नो बाद्देता र बिबस्ताको कारण आफु जान लागेको कुरा बताएका छन् । कामिरिताले १९९२ देखि सगरमाथा आरोहण थालेका हुन् । उनले पहिलो चोटि १९९४ मे १३ मा आफ्नो सफल आरोहणको सुरुवात गरेका थिय । उनले एकै बर्ष २ चोटि सम्म सफल आरोहण गरेका थिय ।
उनले ८ हजार मिटरको ५ वटा हिमाल चढिसकेका छन्। संसारकै जोखिमपूर्ण भनिएको पाकिस्तानको माउन्ट केटु सन् २०१४ मा आरोहण गरे। त्यसैगरि ल्होत्से, चोयु र मनास्लु चढिसकेका छन्।
आप्पा सगैं खुम्जुङका फुर्वाटासी शेर्पाले पनि २१ पटक नै सगरमाथा चडेका थिय । आप्पाले सन् २०११ बाट तथा फुर्वाले २०१३ बाट सगरमाथा आरोहण छोडेका हुन् ।त्यसपछि निरन्तर बढी पटक आरोहण गर्ने कामिरिता एक्ला आरोही हुन्।

अहिले उनलाई सामाजिक सञ्जालमा देश विदेशदेखि शुभकामनाको ओइरो आउन थालेको छ ।