३ बर्ष बितिसक्दानी भूकम्पले क्षेतिग्रस्त नुवाकोटको बिधालय पुननिर्माण हुनसकेन

0
621
namunanews.com

भुकम्पले क्षति पुर्याएको विद्यालयको पुननिर्माण कार्य तिब्र भइरहेको भनिएता पनि दुप्चेश्वर गाउँपालिका वडा नम्बर ५ अर्चलेमा रहेको धौलागीरी प्राथमिक विद्यालयमा भने पुननिर्माण सुरु हुन सकेको छैन । विद्यालय भएको ठाउँमा पहिरोको जोखिम भएको र प्राधिकरणले असुरक्षित भनेकोले जग्गा अभाबमा विद्यालयको भवन निर्माण सुरु गर्न नसकिएको विद्यालयका प्रध्यानाध्यापक कल्पना थापाले बताउनुभएको छ ।

भुकम्पले नुवाकोटका ४ सय ५३ सामुदायिक विद्यालयहरुमा क्षति पुगेको थियो । भुकम्प गएको तिन वर्ष बितिसक्दा पनि अहिलेसम्म विद्यालयको पुन निर्माण हुन नसक्दा दुई तीन कक्षाका विद्यार्थीहरु एउटै कोठामा बसेर पढ्न बाध्य भएका छन । भुकम्पले ध्वस्त पारेको तीनवर्ष भइसक्दा पनि जिल्लामा १ सय ३० वटा मात्र विद्यालयको पुननिर्माण सम्पन्न भएको छ भने १ सय १० विद्यालयको निर्माण अन्तिम चरणमा पुगेको छ । त्यस्तै २ सय ११ विद्यालय निर्माणका क्रममा र ४० वटा भने सुरु नभएको जिल्ला आयोजना कार्यान्वयन इकाई नुवाकोटका प्रमुख प्रमुख बैकुण्ठ सुवेदीले बताउनुभयो ।

विद्यालय निर्माणको लागी अन्यत्र ठाउँमा जग्गा खरिद गर्ने प्रकृया अगाडी बढाउदा पनि जग्गा प्राप्त नभएकोले जोखिम युक्त भवनमा नै अध्यन्न अध्यापन गराउन बाध्य भएको उहाले बताउनुभएको छ । विद्यालय भवनको निर्माण कार्य अगाडी बढ्न नसक्दा बर्खा लागेसँगै विभिन्न समस्याहरु भोग्नुपर्ने विद्यालयका प्रध्यानाध्यापक कल्पना थापा बताउनुहुन्छ । यस्तै दुप्चेश्वर गाउँपालिका वडा नम्बर ५ मा रहेको कुल ज्योती प्राथमिक विद्यालय पनि पुननिर्माण हुन सकेको छैन ।

निर्माण कार्य छिट्टै गर्ने योजना रहे पनि स्थानिय स्तरमा कामदार, निर्माण सामाग्री अभाब लगायतले निर्माण कार्यमा ढिलाइ भैरहेको विद्यालयका प्रध्यानाध्यापक सुनबहादुर तामाङ बताउनुहुन्छ । कक्षा कोठाको अभाबले एक कक्षा र बाल कक्षाका विद्यार्थी एउटै कोठामा र दुई र तिन कक्षाको विद्यार्थी एकै ठाउँमा अध्यापन गराउनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।

भूकम्पले मानविय र ठुलो धनजनको क्षति पुरायता पनि नयाँ र पक्कि संरचना निर्माणको लागि अबसर जस्तै भएको महादेब माध्यमिक विद्यालय रातमाटेका प्रध्यानाध्यापक तिलकबहादुर तामाङले बताउनुभयो । विद्यालय क्षति भएपछि धेरै समय सम्म अस्थायी कक्षाको पठनपाठन निकै असहज भएको तर अहिले भने भूकम्प प्रतिरोधात्मक नयाँ विद्यालयमा सुरक्षाको अनुभुति गर्दै पठनपाठन भइरहेको उहाले बताउनुभएको छ । जिल्लामा रहेको सबै विद्यालयहरु विभिन्न सरकारी तथा गैरसरकारी संघसस्थाको सहयोगमा २०७५ साल सम्म सबै विद्यार्थीहरुलाई सुरक्षित कक्षा कोठा भित्र अध्यापन गराउने योजना रहेको जिल्ला आयोजना कार्यान्वयन इकाइले बताएको छ ।