६ बर्ष सम्मको प्रेमलाई बिबाहमा परिणत गर्दै बल्छि धुर्बे

0
748
1-namunanews.com

कलाकारितको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल बल्छि धुर्बे आजबाट बैबाहिक जिबन्मा बाधिएका छन् । हाँस्य टेलिसिरियल मेरिबास्सै बाट आफ्नो छुट्टै पहिचान दिलाउन सफल मरिच्मान श्रेष्ठ ‘बल्छि धुर्बेले ‘ लम्जुङ्ग भोटेओडारकि करुणा खड्कासंग प्रेम बिबाह गरेका हुन्। उनले आफ्नो ६ बर्ष लामो प्रेम सम्बन्धलाई बिबाहमा बदलेका छन् ।

बल्छि भन्नुहुन्छ ” आज भन्दा ६ बर्ष पहिला सिताराम कट्टेल दाई संग लम्जुङ्को एक कार्यक्रममा जाँदा करुणासंग चिन्जान भयको थियो ,पछि कुरकानि हुदै गयो मनमिल्यो माया प्रेममा परियो “।मन मिल्ने मान्छे पाएकोमा आफु निकै खुसि रहेको कुरा करुणाले बतायकि छिन् ।

शुक्रबार काठ्मन्डौको म्हेपि मन्दिरबाट आफ्नो परम्परागत सैलिमा उनिहरुको बिबाह सम्पन्न भयो । बिबाह समारोहमा दुइपरिवारको सदस्यबाहेक तेति कलाकारहरुको आवत जावत देखिदैनथ्यो । बिबाह सम्पन्न भयसंगै बल्छिले आफ्नो घर गोर्खा लगेर करुणालाई भित्र्याएका हुन् ।